काठमाडौँ । काठमाडौँहोटेलबाट सोमबार साँझ जुवा खेल्दै गर्दा पक्राउ परेका व्यापारीलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन काठमाडौंले पाँच दिनको म्याद दिएपनि प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।
कोरोनाको कारणले जघन्य बाहेकका कसुरका आरोपीलाई हिरासतमा नराख्ने सरकारको नीतिअनुसार उनीहरुलाई छाडिएको दरबारमार्ग प्रहरी वृतले जनकारी दिएको छ ।
आरोपीहरु थुनामा नबसेपनि दैनिक प्रहरी कार्यालयमा उपस्थित भएर बयान दिनु पर्ने छ । प्रहरीले कमलादीस्थित गगौंर बुटिक होटेलमा छापा मारेर व्यापारीहरु विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाईलाई पक्राउ गरेको थियो ।