महँगा विद्युतीय गाडीलाई छुट नदिइने- अर्थमन्त्री

<p>काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वसाधारण जनताले न्यून मूल्यका गाडीबाट लाभ लिन सक्ने भएकाले विद्युत् बचत गर्ने नाममा महँगो विद्युतीय गाडी किनेर रकम विदेशिन नहुने स्पष्ट गरेका छन् । प्रतिनिधिसभाको साेमबारको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथिको छलफलके प्रत्युत्तरमा चित्त नबुझाई थप प्रश्न सोधिएपछि उनले सार्वजनिक यातायातलाई प्रश्रय दिने सकारको नीति रहेको स्पष्ट गर्दै [&hellip;]</p>

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले सर्वसाधारण जनताले न्यून मूल्यका गाडीबाट लाभ लिन सक्ने भएकाले विद्युत् बचत गर्ने नाममा महँगो विद्युतीय गाडी किनेर रकम विदेशिन नहुने स्पष्ट गरेका छन् ।

प्रतिनिधिसभाको साेमबारको बैठकमा आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथिको छलफलके प्रत्युत्तरमा चित्त नबुझाई थप प्रश्न सोधिएपछि उनले सार्वजनिक यातायातलाई प्रश्रय दिने सकारको नीति रहेको स्पष्ट गर्दै विद्युतीय गाडीका कतिसम्म मूल्यका गाडीलाई कर छुट दिने भन्ने बहसको विषय भएको बताए ।

स्वास्थ्य सामग्री खरीदमा अनियमितता र उपलब्धताबारे सोधिएका प्रश्नमा मन्त्री डा खतिवडाले त्यस प्रकारको प्रक्रियाबमोजिम नै खरीद गरिएको र केही जिम्मेवारी नेपाली सेनालाई पनि दिइएको जनाए । रासस

Share News