काठमाडौं । यसै वर्षको अन्त्यमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन बजारमा ल्याउने चीनले दाबी गरेको छ । चीनले बनाइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन २०२० को अन्त्यसम्ममा तयार हुने जनाएको छ ।
चीन सरकारको स्वामित्व रहेको एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिसन (एसएएसएसी) ले शुक्रबार सामाजिक सञ्जालमार्फत भ्याक्सिनबारे जानकारी दिएको हो ।
अहिले परीक्षणको दोस्रो चरणमा पुगेको सो भ्याक्सिन वुहान इन्स्टिच्युड अफ बोयोलोजिकल प्रोडक्ट्स र बेइजिङ्ग इन्स्टिच्यूड अफ बायोलोजिकल प्रोडक्ट्स मिलेर कोरोना विरुद्धको भ्याक्सिन बनाइरहेका छन् ।
एसएएसएसीका अनुसार बेइजिङ्ग इन्स्टिच्युडले प्रतिवर्ष १०० मिलियनदेखि १२० मिलियन डोज भ्याक्सिन उत्पादन गर्न सक्ने जनाउँदै आएको छ ।
डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको अहिलेसम्म विश्वभर ६१ लाख ५३ हजार बढी मानिस संक्रमित भएका छन् । त्यसमध्ये ३ लाख ७० हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।