काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रपिरिषद बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको छ ।
बैठकले कोरोना भाइरसको कारण चैत ११ गतेदेदेखि जारी लकडाउनलाई जेठ ३२ गतेसम्म कायम गर्ने निर्णय गरेको छ ।
यस्तै सो बैठकले अन्र्तराष्टिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको बताइएको छ । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरु रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ ।
यस्तै मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने पनि निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठक अगाडि सुरक्षा परिषद् बैठक बसेको थियो । त्यसको सिफारिस अनुसार मन्त्रिपरिषदले सो निर्णय गरेको हो ।
सरकारले यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने बताइएको छ ।
सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिँदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो । सरकारले चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ ।