सरकारले विदेशमा रहेका नेपालीलाई अर्को सातादेखि स्वदेश फर्काउने

<p>काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने भएको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नेपालीलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको हो । यससँगै सरकारले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई अर्को सातादेखि स्वदेश फर्काउने निर्णय गरेको हो । आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा [&hellip;]</p>

काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने भएको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नेपालीलाई प्राथमिकीकरण गरेर स्वदेश फर्काउने निर्णय गरेको हो ।

यससँगै सरकारले नेपाल आउनै पर्ने अवस्थामा रहेका नागरिकलाई अर्को सातादेखि स्वदेश फर्काउने निर्णय गरेको हो ।

आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका व्यक्तिहरुलाई फर्काउने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले बताए ।

उनका अनुसार श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोना बाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई स्वदेश फर्काइने छ ।

सम्पूर्ण देशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट उनीहरुको उद्धार गरिने सरकारको निर्णय रहेको छ ।

Share News