काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या १ हजार नाघेकाे छ । बिहिबार १ सय ५६ जनामा काेराेना संक्रमण पुष्टि भएसँगै नर्पालमा काेराेना संक्रमितकाे संख्या १ हजार नाघेकाे हाे ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । याेसँगै याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितकाे संख्या १ हजार ४२ पुगेकाे छ ।
यस्तै चार नयाँ जिल्लामा संक्रमित देखिएसँगै नेपालका ५१ जिल्लामा संक्रमण फौलिएको छ । हालसम्म १ सय ८७ जना निकाे भएर घर फर्किएका छन् भने ५ जनाकाे मृत्यु भएकाे छ ।