कैलाली । कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै श्रीमान विरुद्द आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको छ । जिल्लाकाे लम्की–चुहा नगपालिका वडा न. ७ खरौलाकी पैतिस वर्षीया सरिता भण्डारीले मंगलबार बिहान आफ्नै घरमा किट्नाशक औषधिको सेवन गरेकी हुन् । उनलाई उपचारका लागि कोहलपुर अस्पताल लैजाद गर्दा बाटैमा निधन बताइएको छ ।
उनको मृत्यु पछि मृतकका दाई झंकर बहादुुर विष्टले उनका श्रीमान विरुद्ध लम्की–चुहा नगरपालिकाको ईलाका प्रहारी कार्यालयमा आत्महत्या दुरुत्सहानको मुद्धा दर्ता गराएका हुन् । उनका श्रीमानले विवाह भएका केही वर्षदेखि नै मानसिक यातना दिदैँ आइरहेको आरोप मृतकका दाईले लगाएका छन् ।
मृतकका श्रीमान भक्त भण्डारीले वर्षौदेखि म अर्को विहे गर्न चाहन्छु र सरिता मरेपछि मात्रै सम्भव हुने भन्दै आफ्नी बहिनीलाई मानसिक यातना दिदैं आइरहेको ओराप झंकर बहादुर विष्टको छ ।
मृतकका दाई झंकर बहादुर विष्टले प्रहरी कार्यलयमा दिएको जाहेरीमा भनेका छन्, ‘सन्तानको जन्म भइसक्दा पनि निजले बारम्बार यातनाको क्रम जारी नै राखेका थिए, कमजोर आर्थिक स्थितिको कारण श्रीमान विदेशमा गई पैसा कमाउने र मृतक बहिनीले घर व्यवहार र बालबच्चाको रेखदेख गर्ने क्रममा पनि विदेशबाट फोनमार्फत मानसिक तनाब दिँदै आएका थिए, म अर्को बिहे गर्न चाहन्छु, तैँले मरे पनि हुन्छ जस्ता मानसिक पिडा हुने शब्द गर्दौ आएका थिए ।’
ईलाका प्रहरी कार्यालय लम्किचुहाका प्रहरी महानायव निरीक्षक ज्ञानेद्र चन्दले मुद्दा दर्ता भइसकेको जानकारी दिए । उनले पक्राउ पुर्जी जारी भएपछि मात्र आरोपितलाई नियन्त्रणमा लिने जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
मृतकका श्रीमान भक्त भण्डारी विगत लामो समयदेखि रोजगारीका लागि मेलिसियामा थिए । उनी दुई महिना अघि मात्रै मलेसियाबाट नेपाल आएका थिए । शवको पोस्टमर्टम् रिपोर्ट केही दिनमै आउने बताइएको छ । मृतकका दुई छोरा छन् ।