संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न सुदृढ राष्ट्रिय एकता कायम: सभामुख

<p>काठमाडौं । गणतन्त्र दिवसले संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न सुदृढ राष्ट्रिय एकता कायम गरी समृद्ध नेपाल निर्माण गर्नका लागि प्रेरणा मिल्ने विश्वास सभामुख अग्निप्रसाद सापकोटाले गरेका छन् । १३ औं गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सभामुख सापकोटाले १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षका क्रममा जीवन आहुती दिएका सम्पूर्ण सहिदप्रति [&hellip;]</p>

काठमाडौं । गणतन्त्र दिवसले संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न सुदृढ राष्ट्रिय एकता कायम गरी समृद्ध नेपाल निर्माण गर्नका लागि प्रेरणा मिल्ने विश्वास सभामुख अग्निप्रसाद सापकोटाले गरेका छन् ।

१३ औं गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सभामुख सापकोटाले १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षका क्रममा जीवन आहुती दिएका सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली दिँदै घाइते तथा अपाङ्गता भएका एवं बेपत्ता योद्धाहरुलाई स्मरण गर्दै उच्च भावका साथ सम्मान गरेका छन् ।

‘गणतन्त्र स्थापनाका गौरवशाली १२ वर्ष पूरा हुँदै गर्दा कोभिड–१९ महामारीबाट उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न बाध्य छौं, जसका कारण यस वर्षको गणतन्त्र दिवस उल्लासमय तवरमा मनाउन सकिने अवस्था रहेन’, शुभकामना सन्देशमा भने , ‘एकातिर महामारीबाट जनताको जीवन रक्षाको सवाल छ भने अर्कोतिर बन्दाबन्दीका कारण उत्पन्न आर्थिक विषमतालाई पार गरेर अघि बढ्नुपर्नेछ, गणतन्त्र दिवसलाई हामीले यो विषम परिस्थिति पार गरेर अघि बढ्ने संकल्प दिवसको रुपमा मनाउनुपर्ने अवस्था आएको छ ।’

संविधानमा संघीयता र धर्मनिरपेक्षता पनि सुनिश्चित गराएर व्यावहारिक अभ्यास भइरहेको र अब हरेक नेपाली जनताको जीवनस्तर माथि उठाउनुपर्ने दायित्वमा दत्तचित्त भएर लाग्नुपर्ने उल्लेख गरेका छन् ।

Share News