
हाँसेकी छौ पीडा लुकाई तिमी ठूली भइछौ
लाग्छ पीडा लुकाई बोल्ने तालिम लिइछौ
स्नेहले सुम्सुम्याउँदै प्राण भर्न खोज्छौ
हावासँग सापट मागी सास भरी दिन्छौ ।
चर्चामा आउने मन छैन प्रतिमा बन्ने काम गर्छौ
आशाको दियो जलाउदै मृत्युलाई जीवनमा बदल्छौ
पाप र धर्मका कुरा छोडी पेशाको धर्म निभाउछौ
निदाउन नसक्ने सहरलाई शान्तिले सुत्ने बनाउछौ ।
दयाको मुहान भएकी छौ कलकल बगिदिन्छौ
ममताको छहारी दिएकी छौ ओत बनी बसिदिन्छौ
ज्यानको बाजी लगाई ज्यान बचाउँछौ
सारा खुसी बिर्सिएर अस्पताल धाउँछौ ।
बनस्थली, काठमाडौं