सरकार हामी परदेशी मौन भयौं भनेर समस्या सकियो भन्ने नसोच्नुस

<p>काठमाडौं । विगत ८ महिना देखि जब नेपालको ओशो र फ्युचर मनपावरबाट हामी महिनाको १ लाखदेखि १ लाख ५० हजार कमाइ हुने प्रलोभनमा परेर २ लाख ५० हजारदेखि ३ लाख सम्म बुझाएर युएइ को शार्जहा स्थित इमिरेट्स क्याब त्याक्सिमा आइयो । त्यहाँको सबै अवस्था बुझियो अनि मेनपावरमा पनि फोन गरियो तर सबैको एउटै कुरा आयो [&hellip;]</p>

काठमाडौं । विगत ८ महिना देखि जब नेपालको ओशो र फ्युचर मनपावरबाट हामी महिनाको १ लाखदेखि १ लाख ५० हजार कमाइ हुने प्रलोभनमा परेर २ लाख ५० हजारदेखि ३ लाख सम्म बुझाएर युएइ को शार्जहा स्थित इमिरेट्स क्याब त्याक्सिमा आइयो ।

त्यहाँको सबै अवस्था बुझियो अनि मेनपावरमा पनि फोन गरियो तर सबैको एउटै कुरा आयो अरुको हल्ला नसुन्नु आफु काम गर्नु अनि मात्र थाहा हुन्छ भन्ने आस्वासन पाएर अनि नेपालमा आफ्नो ब्यवहार सम्झेर पनि हामी बसियो दुख सुख र अन्तत काम सुरु पनि गरियो ।

तर आखिर सत्य सत्य नै हुन्छ भने झै महिना भरि काम गर्यो सेलरि आयो दुई सय आठ दिराम, अब खाने यसैमा अनि बस्ने रुम भाडा यसैमा अब कसरि चल्छ र यो अवधि सम्म मा नेपाल बाट उल्टो पैसा मगाएर खाइदै थियो । कोरोना फैलिएसँगै काम नचल्ने भयो भनेर रिजाइनको लागि कम्पनी गयौं तर उल्टो रिजाइन गर्दा भए नभएको हिसाब देखाएर हजारौं दिराम तिर्नु पर्ने देखाए पछि हामी कानुनी बाटोबाट नेपाल जाने तयारीमा लागियो ।

आफूले दुतावास पनि धेरै पटक धाइयो ,यतिन्जेल हामी खाना बस्नको धेरै समस्यामा थियौ भने कहिले पार्क कहिले फलैचा चाहर्दै दिन रात कटाउदै थियौ । दुतावासको फितलो पहलले गर्दा हामि मध्ये १५ जना साथिहरु नेपाल फर्किसके भयो भने हाम्रो काममा ढिलाइ भइरहेको छ । यसरी नै हामी दिनानु दिन आर्थिक समस्या बढ्दै गएको छ । आफ्नो घर परिवार अनि आफ्नो आर्थिक ब्यवहारको चिन्ताले हामी मानसिक अनि शारीरिक चिन्तामा फस्दै गयौं ।

यसो हुँदा हुदै भिसा पनि क्यानसिल भएन र विश्वमा कोरोना माहमारी अझ अन्धकारमा धकेलियौं । यो अवधिमा हाम्रो सबै समस्याको समाधान त कसरी हुने हो र तर पनि खाना बस्नको लागि एनआरएनए युएइले हामीलाई केहि पैसा कोठा भाडाको लागि अनि खानाको समान प्रदान गरेर हामीलाई पार्कको सुताइबाट कोठासम्म ल्याउएसँगै खानाको व्यवस्था गरेका छन् ।

यसरी नै तनावमा बाच्दा बाच्दै आजभोलि भन्दै दिन कटाउदै बसियो र भिसा क्यानसिल पनि गराइयो तर न त नेपाल सरकारले हामीलाई उद्धार गर्ने कोसिस गर्यो न त केहि पहल नै गर्यो । हाम्रो अवस्था गर या मर भन्नेमा पुगेको थियो किन कि खाना को व्यवस्था भए पनि रुम को लागि दिएको थोरै पैसा ले बस्न नसक्ने भएर अनि हाम्रो आवाज सरकारसम्म पुर्याउन हरेक मिडियामा आयौ हाम्रो समस्या पोखियो तर सुनुवाइ हुने छाटकाट नदेखिएको र हामी सबै मानसिक रोगी हुन लागेको अवस्थामा सरकारको एउटा निकाय दुतावास हो भन्ने ठहर गरेर ३८ जना पिडितमध्ये १७ जना दुतावासको शरणमा पुगियो ।

हाम्रो समस्या सुनुवाइ हुने झिनो आशा बोकेर ,त्यहा पनि सबै कुरा राखियो समस्या बताए पछि राजदुतावासको पहलमा एनआरएनएले खाना बस्नको ब्यवस्था गर्ने निर्णय पत्रकार तथा एनआरएनएको रोहवरमा प्लेन आउने बितिकै प्रथामिकतामा राखेर नेपाल पठाउने भन्ने कागज गरेर उहाँहरुले नै गाडिको ब्यवस्था गरेर हामीलाई बस्न र खानाको ब्यवस्था सहित शार्जहामा ल्याइयो । हामी शार्झा आएको पनि एक महिना हुन लाग्यो अब हामीले एनआरएनएको सहयोग खाएको महिनौ भै सक्यो । एनआरएन युएइ अध्यक्ष प्रकाश कोइराला ,उपाध्यक्ष पासाङ शेर्पा र उपाध्यक्ष नरेश सेनले हामी लगायत हजारौं पिडितलाई सहयोग गर्नु भएको छ ।

यस्तो कोरोना महामारिको बेलामा तर खोइ त सरकारको पहल कि आफ्ना नागरिक छिटो सकुशल नेपाल फर्काउने बारेमा कि सधै अरु कै मुख ताक्ने हो र ? कुबेरको ढुकुटि त सकिएको थियो यहाँ त सरहरुले आफ्नै खर्चले पनि अहिलेसम्म कसैलाइ भोकै मर्न दिनु भएको छैन । राहत हो, सबैलाइ थाहा नै हुन्छ के के कुराको अभाव हुन्छ भनेर तर पनि अहिलेको अवस्थालाइ मद्यनजर गरेर हामी यहि सुख दुख बस्दै आएका छौं । सरकारले पिडित विदेशस्थित नेपालीलाई ल्याउने निर्णयहरु सरकारका हुन थाले पछि केहि आशा पलाउन थाल्यो तर अहिले आएर दिनानु दिन बहाना बाजि गरेर ल्याउने ल्याउने मात्र भन्ने तर झुलाउने काम भएको प्रष्ट देख्न सकिन्छ । सरकार हामी मौन भएका थियौं किन कि हामि जस्तो सयौं पिडितलाई उद्धार गर्नु हुन्छ भनेर प्रतिक्षा गरेर बसियो अहिलेसम्म केही देखिएन अब यसरी नै बहाना बाजीमात्र गरेर हामीलाइ झुलाउने हो भने हामी अब मौन रहन सक्दैनौ ।

आखिर ज्यान नै जाने भए पछि त्यसै किन मर्ने दुतावासमा नै गएर मर्ने छौं सरकार र अब पनि पिडितलाई नेपाल लैजान ढिला गर्ने हो भने क्वारेन्टाइन होइन मानसिक अस्पताल निर्माण गर हामी सबै मानसिक रोगी बन्दै छौ ,नबनौ पनि कसरी ,कसैको औषधि सकिएको छ ,कोहि महिला गर्भवती छन् अनि कोहि आफन्त भेटन आउनु भएको आफन्त कै जागिर गएर अप्ठेरोमा अनि कसरि हामी सुरक्षित बस्न सक्छौ होला सरकार !

खर्च नहुँदा आर्थिक तनाब अनि घर परिवारको सम्झना अनि म्यानपावरले डुबाएर बडेको ऋण अनि घरमा खानाको तनाब कसरी झेल्ने हो । समयमा नै बुद्धि पुर्याउनु होला सरकार तिमीमा जुन रगत छ नेपालीको हामीमा पनि त्यहि रगत छ याद रहोस् । अन्त्यमा हामीलाई एयरपोर्टबाट सिधै लिपुलेक लानुस हामी क्वारेन्टाइन पनि बस्छौं र सिमाको रक्षा पनि गर्छौ ।

इलाम हाल शार्जह युएइ

Share News