
काठमाडौं । अपाङ्गता भएका व्यक्ति र एकल महिलाको भत्ता नरोकिने भएकाे छ । साेमबार राष्ट्रकाे नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ६० वर्ष मुनिका एकल महिला र अपाङ्ग रहेका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्ने बताएका हुन् ।
उनले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका ६० वर्ष भन्दा मुनिका एकल महिला, फरक क्षमता भएका, बालबालिका, लोपोन्मुख जातिका नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा बापतको भत्ता नरोकिने बताएका हुन् ।
सरकारले सामाजिक सुरक्षा ऐन २०७५ मा त्रूटि रहेको र यसमा हेरफेर गर्नुपर्ने भन्दै ६० वर्षमुनिका एकल महिला र अपांगता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोकेको थियाे।