मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

<p>काठमाडौं । आज बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य बहादुर थापाले मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी दिएका हुन् । यस्तै, आज बेलुका ५ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने पनि उनले जानकारी दिएका छन् । काेराेना भाइरसकाे जाेखिम बढ्दै गएपछि उनी आज [&hellip;]</p>

काठमाडौं । आज बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य बहादुर थापाले मन्त्रिपरिषद्को बैठक बस्ने जानकारी दिएका हुन् ।

यस्तै, आज बेलुका ५ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने पनि उनले जानकारी दिएका छन् । काेराेना भाइरसकाे जाेखिम बढ्दै गएपछि उनी आज फेरि राष्ट्रका नाममा सङ्गबाेधन गर्ने भएका हुन् ।

आज प्रधानमन्त्री ओलीले आम नागरिकका लागि केही राहतको घोषणा गर्ने स्रोतले जानकारी दिएकाे छ ।

Share News