कर्णालीमा फैलँदै कोरोना

<p>काठमाडौं । नेपालमा कोभिड–१९ देखापरेको करीब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भयो । एक साता अघिसम्म ‘ग्रिन जोन’मा रहेको कर्णालीमा दैलेखको आठबीस नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा कोरोना ‘पोजेटिभ’ देखिएसँगै सङ्क्रमणको ग्राफ पनि उकालो चढ्दैछ । सुर्खेतमा पिसिआर परीक्षणका क्रममा दैलेखका पाँचजनाको रिपोर्ट ‘शङ्कास्पद’ आएपछि पुनः पुष्टिका लागि आज नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा [&hellip;]</p>

काठमाडौं । नेपालमा कोभिड–१९ देखापरेको करीब चार महिनापछि कर्णाली प्रदेशमा सोमबार पहिलोपटक सङ्क्रमण पुष्टि भयो । एक साता अघिसम्म ‘ग्रिन जोन’मा रहेको कर्णालीमा दैलेखको आठबीस नगरपालिका–१ का ३५ वर्षीय पुरुषमा कोरोना ‘पोजेटिभ’ देखिएसँगै सङ्क्रमणको ग्राफ पनि उकालो चढ्दैछ ।

सुर्खेतमा पिसिआर परीक्षणका क्रममा दैलेखका पाँचजनाको रिपोर्ट ‘शङ्कास्पद’ आएपछि पुनः पुष्टिका लागि आज नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा पठाइएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले ती ‘शङ्कास्पद रिपोर्ट’ नतिजा आउन बाँकी रहेको बताए ।

शनिबार सुर्खेतका तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भयो । भारतको नयाँदिल्लीबाट आएका बराहताल गाउँपालिका–९ का २५ वर्षीय पुरुष र २२ वर्षीया महिला तथा मुम्बईबाट आएका चौकुने गाउँपालिका–८ का ३२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको थियो । पहिलो सङ्क्रमित दैलेख आठबीसका युवक पनि भारतबाटै आएका हुन् ।

सङ्क्रमित चारै जनालाई प्रदेश अस्पताल कालागाउँमा सञ्चालित कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको छ । सङ्क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । पछिल्लो पटक भारतबाट भित्रिएकालाई कर्णाली प्रवेश नाका बबईमा ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरिएको थियो । सात सय ४० को आरडिटी गर्दा १५ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको थियो । ‘पोजेटिभ’ देखिएका १५ जनालाई वीरेन्द्रनगरस्थित क्वारेन्टिनमा राखेर पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षण गर्दा तीनजनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख तिवारीले जानकारी दिए ।

Share News