काठमाडौं । बाँकेको नरैनापुर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएकाे छ । कोरोना भाइरस संक्रमित नै भाग्न थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको हाे ।
कुल ११४ जनामा कोरोना संक्रमण देखिएको नरैनापुरमा जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ ।