आज दिने भनिएको सार्वजनिक विदा सोमबार दिने गृह मन्त्रालयको निर्णय

<p>काठमाडौं । सरकारले जेठ ११ गते आइतबार दिने भनेको सार्वजनिक बिदा १२ गते सोमबार दिने भएको छ । गत जेठ ९ गते शुक्रबार बसेको मन्त्रीपरिषद्को निर्णयअनुसार मुस्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा आइतबार बिदा दिने निर्णय गरेको थियो । नेपाल र एसियाबाट जेठ १० गतेमा चन्द्रमा नदेखिएको कारण उक्त पर्व जेठ १२ गते सोमबार [&hellip;]</p>

काठमाडौं । सरकारले जेठ ११ गते आइतबार दिने भनेको सार्वजनिक बिदा १२ गते सोमबार दिने भएको छ ।

गत जेठ ९ गते शुक्रबार बसेको मन्त्रीपरिषद्को निर्णयअनुसार मुस्लिम समुदायको पर्व इद उल फित्रको अवसरमा आइतबार बिदा दिने निर्णय गरेको थियो ।

नेपाल र एसियाबाट जेठ १० गतेमा चन्द्रमा नदेखिएको कारण उक्त पर्व जेठ १२ गते सोमबार मनाउनका लागि मुस्लिम आयोगबाट अनुरोध आएसँगै गृहमन्त्रालयले आइतबारको सट्टा सोमबार सार्वजनिक विदा गर्ने निर्णय गरेको हो ।

Share News