विवादित पारिश्रमिकको व्यवस्थापन गर्न यस्तो छ मानव संसाधन समाजको सुझाव

<p>काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी रोकथाम गर्न लकडाउन भएसँगै विभिन्न संघ संस्थामा आवद्ध कर्मचारीको पारिश्रमिकमा पनि विवाद उत्पन्न भएको छ । देशभरिको सम्पुर्ण उद्योग व्यवसाय, कलकारखाना, प्रतिष्ठान र कम्पनीहरु प्रायः बन्द भए र कारोबारसँगै आवत जावत र बस्तु ओसार पसार पनि ठप्प भएपछि उक्त समस्या उप्पन्न भएको हो । लकडाउन लम्बिएसँगै उद्योग, प्रतिस्थान, [&hellip;]</p>


काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को महामारी रोकथाम गर्न लकडाउन भएसँगै विभिन्न संघ संस्थामा आवद्ध कर्मचारीको पारिश्रमिकमा पनि विवाद उत्पन्न भएको छ । देशभरिको सम्पुर्ण उद्योग व्यवसाय, कलकारखाना, प्रतिष्ठान र कम्पनीहरु प्रायः बन्द भए र कारोबारसँगै आवत जावत र बस्तु ओसार पसार पनि ठप्प भएपछि उक्त समस्या उप्पन्न भएको हो ।

लकडाउन लम्बिएसँगै उद्योग, प्रतिस्थान, कलकारखाना र निजी क्षेत्रका कार्यालयहरुमा कार्यरत श्रमिक कर्मचारीको पारिश्रमिक कति दिने र लकडाउन लम्बिदै जाँदा पारिश्रमिकको व्यवस्थापन कसरी गर्ने भनी रोजगारदाताहरुमा चिन्ता बढ्दै गएको छ । यसबाट सृजित विवादको समाधानका लागि मानव संसाधन समाज नेपाल (हुम्यान रिसोर्सेस सोसाइटी नेपाल)ले विभिन्न सुझाव दिएको छ ।

समाजले सीमित अवधिको लागि निजी क्षेत्र, सरकार र कर्मचारीहरुको बराबर योगदान हुनु पर्ने सुझाव दिएका छन् । नेपाल सरकार लगायत सरोकारवाला संघ संस्थाहरु समक्ष उक्त सुझाव तथा माग गरेको उक्त समाजका अध्यक्ष मोहन ओझाले जानकारी दिएका छन् ।

केही समयका लागि प्रतिष्ठानहरूले कम्तिमा ५०  प्रतिशत तलब उपलब्ध गराउने र त्यसमा बाँकि कति सकिन्छ सहमतिको आधारमा सरकारले र कर्मचारीले बेहोर्ने तर प्रतिष्ठानहरूले ५०  प्रतिशत ब्यहोरे बापतमा सरकारले उक्त भारलाई कुनै बाटोबाट प्रतिष्ठानहरूलाई अनुदानको ब्यवस्था मिलाइदिनु पर्ने समाजको सुझाव रहेको छ ।

लकडाउन लागु भएको अवधिबाट लागु हुने गरि सहमतीको आधारमा पहिलो महिना ८० प्रतिशत दोस्रो महिना ६० प्रतिशत तेस्रो महिना ४० प्रतिशत र त्यसपछिको ३ महिना लगातार २०प्रतिशतका दरले प्रतिष्ठानहरुले दिने र बाँकीको हकमा सहमतिको आधारमा सरकार र कर्मचारीले ब्यहोर्नु पर्ने छ । त्यसपछि पनि कोभिड-१९को समस्या समाधान भएन भने नेपाल सरकार, निजि प्रतिष्ठानहरु र श्रमिकहरुको त्रिपक्षीय आपसी सहमतीमा अगाडि बढ्ने समाजको सुझाव रहेको छ ।
[pdf id=216333]

Share News