काठमाडौं । भारतले नेपालको नयाँ राजनीतिक नक्सामा आपत्ति जनाएकाे छ । नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेकाे नयाँ नक्सामा आपत्ति जनाउँदै स्विकार्य नहुने जनाएकाे हाे ।
भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै नेपालले जारी गरेको नक्सामा आफ्नो भूभाग परेको दाबी गरेको छ ।
‘एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन । यो सीमा विवाद द्वीपक्षीय कूटनीतिक सम्वादमार्फत समाधान गर्ने समझदारी विपरित छ ।’, विज्ञप्तीमा उल्लेख छ ।