काठमाडौं । कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित पुरुष निको भएका छन् ।
कोभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोशी अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमित पुरुष निको भएकाे बताएका हुन् ।
याेसँगै नेपालमा काेराेना निकाे भएर घर जानेकाे संख्या ४५ पुगेकाे छ ।