नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय २७ पुग्याे

<p>काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय २७ पुगेकाे छ ।  पछिल्लो २४ घन्टामा  २५ नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितकाे संख्या ४ सय २७ पुगेकाे हाे । कोभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २५ जनामा काेराेना देखिएकाे बताएका हुन् । नयाँ थपिएका सङ्क्रमित तीनदेखि ४८ वर्षका १८ पुरुष र सात महिला रहेका [&hellip;]</p>

काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय २७ पुगेकाे छ ।  पछिल्लो २४ घन्टामा  २५ नयाँ संक्रमित थपिएसँगै नेपालमा संक्रमितकाे संख्या ४ सय २७ पुगेकाे हाे ।

कोभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २५ जनामा काेराेना देखिएकाे बताएका हुन् ।

नयाँ थपिएका सङ्क्रमित तीनदेखि ४८ वर्षका १८ पुरुष र सात महिला रहेका देवकाेटाले जानकारी दिए । नयाँमा तीन बालिका छन् । नयाँ सङ्क्रमितमा बाँकेका छ जना छन् । नरैनापुर गाउँपालिका ५ का १७, २०, २८, ३० र ४० वर्षका तथा खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । कपिलवस्तुमा १३ सङ्क्रमित छन् । नयाँ सङ्क्रमितमा विजयनगरको क्वारेन्टाइनमा रहेका २२, ३५ र ४८ वर्षका पुरुष छन् ।

महाराजगञ्ज गाउँपालिका ३, ४ र ६ वर्षीया बालिकामासमेत सङ्क्रमण देखिएको छ । सोही गाउँपालिकाका १६, २५ र ३२ वर्षीया महिला र चार पुरुषमा १२, २०, २४ र ३४ वर्षका छन् । धनकुटाका पाँच जनामा २८, २९, ३५ र ३७ वर्षीय पुरुष र २४ वर्षीय महिला तथा नवलपरासी (पश्चिम)का सुस्ता गाउँपालिका ५ का पुरुष रहेको उनले बताए ।

अहिलेसम्म सङ्क्रमितमा ३५८ पुरुष र ६९ महिला छन् । अहिलेसम्म ३८ जिल्लामा सङ्क्रमण देखिएको छ । यसैगरी आज कोशी अस्पतालमा उपचाररत रहेका उदयपुरका आठ जना पूर्णरुपमा निको भई घर फर्किएका छन् । अहिलेसम्म ४५ जना घर फर्किएका छन् । क्रिमसन अस्पतालमा रहेका सङ्क्रमितको अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

Share News