काठमाडाैं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले बुधबार एक पत्रकार सम्मेलन गर्दै नेपालको नयाँ नक्सा सार्वजनिक गरेकी हुन् ।
सरकारले जारी गरेसँगै अब यो नयाँ नक्सा प्रचलनमा आउनेछ । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको छ ।
मन्त्री अर्यालले अब नक्सा प्रयोग गर्ने ठाउँमा यही नयाँ नक्सालाई प्रयोग गर्न पनि अनुरोध गरेकी छन् ।