
काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि उक्त स्थानका सबै प्रहरीलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालीमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका गरी करिब २ सय ५० जना प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो ।
सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले थप मद्दत टोली कालिमाटी पठाएको स्रोतले जनाएकाे छ ।
मंगलबार साँझ प्रहरीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि प्रहरी कार्यालय पनि सिल गरिएको छ ।