कालिमाटी वृत्तमा प्रहरीमा कोरोना देखिएसँगै पुरै वृत्त सिल तथा ड्युटी बन्द

<p>काठमाडौं । कालिमाटी प्रहरीमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ । पिसिआर रिपोर्टमा दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको पुरै प्रहरी वृत्त सिल तथा ड्युटी बन्द गरिएको एक स्रोतले बताएको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई र प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि मङ्गलबार रातिदेखि प्रहरी [&hellip;]</p>

काठमाडौं । कालिमाटी प्रहरीमा कार्यरत एक प्रहरी सहायक निरीक्षक (सई) र प्रहरी जवानमा कोरोना संक्रमण पुष्टी भएको छ । पिसिआर रिपोर्टमा दुई जना प्रहरीमा कोरोना संक्रमण देखिएको पुरै प्रहरी वृत्त सिल तथा ड्युटी बन्द गरिएको एक स्रोतले बताएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई र प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि मङ्गलबार रातिदेखि प्रहरी वृत्त पूरै सिल गरिएको छ । वृत्तभित्र ट्राफिक प्रहरीको कार्यालय तथा महिला ब्यारेक समेत रहेको थियो ।

वृत्तमा २ सयभन्दा बढी प्रहरी कार्यरत रहेको र  सबै प्रहरीको स्वाबको नमुना संकलन गर्न लागिएको जानकारी दिए । कोरोना संक्रमण पुष्टी भएका सई र जवान पनि प्रहरी ब्यारेकमै बस्ने तथा उनीहरुको परिवारको सदस्यको पनि नमुना सङ्कलन गर्न लागिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार :

काठमाडौंमा ड्युटीमा खटिएका २ जना प्रहरीमा कोरोना पुष्टि

Share News