काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका प्रवेश गर्ने नाकाहरू सिल गर्न सरकारसँग आग्रह गरेको छ । काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभरी उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको हो ।
महानगरपालिकाको ४६औँ विशेष नगर कार्यपालिका बैठकमा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो निर्णय सार्वजनिक गरेका हुन् ।
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको अवधिमा उपत्यका प्रवेश गर्ने नाकाबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोगको गुनासो गर्दै यस्तो निर्णय गरिएको जनाएका छन् ।
कोरोना भाइरस सङ्क्रमणको खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि बन्दाबन्दी अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौं यी कुरामा गम्भिरता पूर्व लाग्न महानगरले आग्रह छ ।