काठमाडौं । कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा खटिएका एक जना चिकित्सकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत ललितपुर निवासी एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको हो ।
आज मात्रै देखिएकाे २७ जनामा संक्रमितमा उनी पनि परेकाे स्वास्थ्य विभागले जनाएकाे छ । देशभर संक्रमितकाे संख्या ४ सय २ पुगेकाे छ ।