काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाको ५ नयाँ संक्रमित थपिएका छन् ।
कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं उपत्यकामा कोरोनाको ५ नयाँ संक्रमित थपिएकाे बताएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंको ३ जना, भक्तपुर र ललितपुरको एक एक जनामा कोरोना संक्रमण देखिएको हो ।