संसद्मा बोल्दा बोल्दै प्रधानमन्त्रीले भने–‘मलाई गाह्रो भयो, उभिएर बाेल्न सकिन’

<p>काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा बोल्दै थिए । कोराना महामारी बारे विश्वको अवस्था र नेपालको बारेमा उनी सांसद्हरुलाई जानकारी गराउँदै थिए । काेराेना महामारीकाे बेलाका सरकार ढाल्न खाेजेकाे, अस्थिरता निम्त्याउने खाेजेकाे विषयमा पनि बाेलेका थिए । संसदको रोष्ट्रममा उभिएर करिब २० मिनेट बोलेपछि प्रधानमन्त्रीले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए । ‘सभामुख [&hellip;]</p>

काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा बोल्दै थिए । कोराना महामारी बारे विश्वको अवस्था र नेपालको बारेमा उनी सांसद्हरुलाई जानकारी गराउँदै थिए ।

काेराेना महामारीकाे बेलाका सरकार ढाल्न खाेजेकाे, अस्थिरता निम्त्याउने खाेजेकाे विषयमा पनि बाेलेका थिए ।

संसदको रोष्ट्रममा उभिएर करिब २० मिनेट बोलेपछि प्रधानमन्त्रीले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए । ‘सभामुख महोदय, मलाई उभिएर बोल्न गाह्रो भयो । बसेर बोल्ने व्यवस्था मिलाईदिनुपर्यो ।’- उनले भने ।

प्रधानमन्त्रीले उभिँदा आफूलाई खुट्टा दुःखेको बताए ।

प्रधानमन्त्रीको मागपछि सभामुख अग्नीप्रसाद सापकोटाले तत्काल संसद सचिवालयको कर्मचारीलाई प्रधानमन्त्रीलाई बस्ने व्यवस्था मिलाउन निर्देशन दिए ।

तर सचिवालयका कर्मचारीले तत्काल कुर्सीको प्रबन्ध मिलाउन सकेनन् ।

त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई रोष्ट्रमबाट तल गई बसेर बोल्न प्रधानमन्त्रीलाई सुझाव दिए ।

प्रधानमन्त्री ओली तल जान मानेनन् । ‘तल बसेर बोल्दा सबैलाई देख्न सकिदैन’ प्रधानमन्त्रीले सभामुखलाई आग्रह गरे ।

सभामुखले तत्काल प्रधानमन्त्रीको भनाईमा सहमति जनाए ।

सभामुखको दायाँबायाँ नयाँ कुर्सी खोजी भयो ।

अन्त्यमा जहाँ उभिएर बोल्दै थिए, त्यहाँ अग्लो कुर्सीको प्रबन्ध मिलाइयो ।

प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था देखेर सांसदहरू ट्वाेलाएका थिए । संसदमा सुनसान देखिएकाे थियाे ।

कुर्सीमा बसेपछि अप्रेसन सँगै खुट्टामा समस्या भएकाे उनले बताए । त्यसपछि, अहिले उनी राेस्टममै राखिएकाे कुर्सीमा बसेर बोलिरहेका छन् ।

 

Share News