नेपाली सेनाले चीनबाट ल्यायो १८.८४ टन स्वास्थ्य सामग्री

<p>काठमाडौं । नेपाली सेनाले मंगलबार तीनबाट १८.८४ टन स्वास्थ्य ल्याएको छ । नेपाल एयरलाइन्समार्फत ल्याइएको स्वास्थ्य सामग्रीमा पीसीआरका लागि किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन ९५ मास्क, ग्लोब्सलगायतका सामान रहेका छन् । चीनको ग्वाङ्जाओबाट उक्त सामान नेपाल ल्याइएको हो । नेपाली सेनाले वैशाख पहिलो साता जीटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड [&hellip;]</p>

काठमाडौं । नेपाली सेनाले मंगलबार तीनबाट १८.८४ टन स्वास्थ्य ल्याएको छ । नेपाल एयरलाइन्समार्फत ल्याइएको स्वास्थ्य सामग्रीमा पीसीआरका लागि किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन ९५ मास्क, ग्लोब्सलगायतका सामान रहेका छन् ।

चीनको ग्वाङ्जाओबाट उक्त सामान नेपाल ल्याइएको हो । नेपाली सेनाले वैशाख पहिलो साता जीटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड रुपैयाँ बढीको चिनियाँ वाणिज्य मन्त्रालयसँग सम्झौता गरेको थियो ।

उक्त सम्झौताअनुसार ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सेनाले रकम बुझाइसकेको जनाएको छ ।

Share News