दक्षिण सुडानका उपराष्ट्रपति दम्पतीमा कोरोना भाइरसको संक्रमण

<p>काठमाडौं । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर दम्पतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । समाचार संस्था रोयटर्सका अनुसार माशर उनकी उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना दक्षिण सुडानको रक्षामन्त्रीसमेत हुन् । माशरको उमेर ६० वर्षभन्दा बढी छ । उनमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो । [&hellip;]</p>

काठमाडौं । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर दम्पतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

समाचार संस्था रोयटर्सका अनुसार माशर उनकी उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना दक्षिण सुडानको रक्षामन्त्रीसमेत हुन् ।

माशरको उमेर ६० वर्षभन्दा बढी छ । उनमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

दक्षिण सुडानमा अहिलेसम्म २ सय ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।

Share News