काठमाडाैं । विराटनगरमा उपचाररत झापाका एक जना कोरोना संक्रमित सोमबार निको भएर घर फर्किएका छन् ।
झापा दमक ३ का ६२ वर्षीय वृद्ध निको भएर घर फर्किएका हुन् । उनी कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराईरहेका थिए ।
यहीसँगै नेपालमा काेराेना निकाे भएर घर फर्किनेकाे संख्या ३७ पुगेकाे छ ।