काठमाडाैं । भारतबाट झापा आएका एक जनामा कोरोना देखिएको छ। झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हाे ।
भारतबाट जिल्लामा आएका ६० जनाको नमुना संकलन गरी पठाएकोमा एक जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा काेराेना संक्रमितको संख्या ३५८ पुगेको छ।