कोरोना बीमासँग जोडेर आफ्नो विज्ञापन नगर्नुहोस्- राजुरमण पौडेल

<p>काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमासँग जोडेर आफ्नो विज्ञापन नर्गन जीवन बीमा तथा अन्य संस्थाहरुलाई निर्देशन दिएका छन् । उनले निर्जीवन बीमा व्यवसाय गर्ने बीमक बाहेक अन्य संस्थाहरुलाई कोरोना बीमासँग जोडेर आफ्नो सेवा व्यवसाय बिक्री नगर्न निर्देशन दिएका हुन् । उनले सोमबार एक सूचना जारी गर्दै बीमा ऐन, २०४९ बमोजिम यस्तो [&hellip;]</p>

काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमासँग जोडेर आफ्नो विज्ञापन नर्गन जीवन बीमा तथा अन्य संस्थाहरुलाई निर्देशन दिएका छन् । उनले निर्जीवन बीमा व्यवसाय गर्ने बीमक बाहेक अन्य संस्थाहरुलाई कोरोना बीमासँग जोडेर आफ्नो सेवा व्यवसाय बिक्री नगर्न निर्देशन दिएका हुन् ।

उनले सोमबार एक सूचना जारी गर्दै बीमा ऐन, २०४९ बमोजिम यस्तो नर्गन तथा नगराउन अन्य संस्थाहरुलाई अनुरोध गरेका हुन् ।

हाल कोरोना बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमाक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र निःशुल्क कारोना बीमा गरिदिने भन्दै प्रचार गरेकाेमा बीमा समितिको ध्यानाकर्षण भएको छ । त्यसैले, अबका दिनमा सो सम्बन्धि प्रचार प्रसार नर्गन उक्त संस्थाहरुलाई समितिले निर्देशन दिएको छ ।

समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई कोरोना बीमा गराउन स्वीकृति दिईसकेको छ ।

Share News