रौतहट र बारामा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय ४

<p>काठमाडौं । रौतहट र बारा जिल्लामा थप ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैंमा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा १ जनामा कोरोना पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् । जो रौतहट, इशनाथ नगरपालिका- २, ३, ६ र ९ [&hellip;]</p>

काठमाडौं । रौतहट र बारा जिल्लामा थप ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैंमा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा १ जनामा कोरोना पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

जो रौतहट, इशनाथ नगरपालिका- २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षिय पुरुषहरु र रौतहट माधवनारायण नगरपालिका -३ निवासी २८ वर्षिय महिला र बारा जिल्लाको करैयामाई- ५ निवासी ३८ वर्षिया पुरुषमा कोरोना पुष्टि भएको हो । हाल सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Share News