काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख ९८ हजार ९ सय ५४ पुगेको छ ।
कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख १६ हजार ५ सय १४ जनाको मृत्यु भइसकेको छ भने १८ लाख ५५ हजार १ सय २९ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९० हजार ९ सय ७३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख २७ हजार ३ सय ५२ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ९५ हजार ६ सय ९८ पुगेको छ भने अहिलेसम्म ३ हजार २५ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म २ सय ९५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
(तथ्यांक साभार : वल्डोमिटर)