यी हुन् आइतबारको मन्त्रिपरिषद्का निर्णय

<p>काठमाडौं। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन २० गतेसम्म थप गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले सो कुराको जानकारी दिए । लकडाउनलाई अझै कडा बनाउने उनले बताए । मन्त्रिपरिषद् बैठकले आइतबार एउटा मात्रै निर्णय गरेको हो । तर, लकडाउको मोडालिटीबारे छलफल भएको खतिवडाले बताए । खतिवडाले ढुवानी, कृषि क्षेत्र, उद्योग, [&hellip;]</p>

काठमाडौं। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन २० गतेसम्म थप गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा.युवराज खतिवडाले सो कुराको जानकारी दिए । लकडाउनलाई अझै कडा बनाउने उनले बताए ।

मन्त्रिपरिषद् बैठकले आइतबार एउटा मात्रै निर्णय गरेको हो । तर, लकडाउको मोडालिटीबारे छलफल भएको खतिवडाले बताए । खतिवडाले ढुवानी, कृषि क्षेत्र, उद्योग, निर्माण कार्य जारी रहने बताए । तर ती काम सुरक्षित तरीकाले गर्नुपर्नेछ ।

उनले रोग प्रतिरोधात्मक क्षमता बढाउन जडीबुडीको उपयोग र व्यायाम गर्न जनचेतना फैलाउने निर्णय गरिएको बताए । साथै क्वारेन्टाइनको क्षमता र स्तर बढाउने पनि निर्णय बैठकले गरेको छ ।

Share News