नागरिकता नहुनेलाई पनि राहत दिन सर्वाेच्चको आदेश

<p>काठमाडौं । सर्वोच्च अदालतले नागरिकता नभए पनि विपन्नलाई राहत दिन सरकारलाई आदेश दिएको छ । राहत वितरणमा नागरिकता तथा त्यसैका आधारमा बन्ने अन्य कागजात माग गरिँदा धेरै मानिस राहतबाट वञ्चित भएको भनी परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले नागरिकता नभएको अवस्थामा पनि राहत वितरण गर्न आइतबार अन्तरिम आदेश दिएको हो । यसविरुद्ध अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनसमेतलेदायर गरेको [&hellip;]</p>

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता नभए पनि विपन्नलाई राहत दिन सरकारलाई आदेश दिएको छ ।

राहत वितरणमा नागरिकता तथा त्यसैका आधारमा बन्ने अन्य कागजात माग गरिँदा धेरै मानिस राहतबाट वञ्चित भएको भनी परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले नागरिकता नभएको अवस्थामा पनि राहत वितरण गर्न आइतबार अन्तरिम आदेश दिएको हो ।

यसविरुद्ध अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनसमेतलेदायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले ती कागजात नभए पनि राहत उपलब्ध गराउन अन्तरिम आदेश दिएको हो ।

Share News