काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। मोरङमा २ र धनकुटामा १ जनामा काेराेना देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार धनकुटाको ३४ वर्षीय महिला, विराटनगरका ३५ वर्षीय पुरुष र २९ वर्षीय महिलामा संक्रमण देखिएको हाे ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ।