
काठमाडौं । कोरोना भाईरस विरुद्धको बीमा अब सेलपे सेवाबाटै गर्न सकिने भएको छ । सेलपे सेवाका ग्राहकहरुले हाल विश्वभरी फैलिरहेको महामारी रोग कोरोना भाईरस(कोभिड-१९) विरुद्धको बीमा सुबिधा सेलपे मोबाईल वा वेब एप्लीकेशनमार्फत सरल र सहज रुपमा वास्तविक समयमा खरिद गर्न सक्ने छन् ।
हाल विश्वभरी कोरोना भाईरसको संक्रमणको संख्या बढ्दै गएको र नेपालमा पनि यस भाईरसको संक्रमण बढ्दै गएको हुँदा यस रोगबाट हुन जाने आर्थिक क्षतिको जोखिमलाई न्युनिकरण गर्न बीमाको आवश्यकता महसुस गरी सेलपेले उक्त सुविधा ल्याएको हो ।
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा सेलपेसँग आबद्ध सगरमाथा इन्सुरेन्ससँगको कम्पनी सहकार्यमा कोरोना भाईरस विरुद्ध बीमा सुविधा खरीद गर्न सकिने छ । यसको मुख्य उद्देश्य भनेको कोरोना भाईरस संक्रमित व्यक्तिहरुलाई आर्थिक सहयोग पुर्याउनु रहेको छ । यससँगै, ग्राहकहरुले आफ्नो आवश्यकता अनुसार व्यक्तिगत बीमा वा पारिवारिक बीमा रोज्न सक्नेछन् ।
सेलपेका ग्राहकहरुले बीमा गर्नका लागि आफ्नो सेलपे एप्पमा गई कोभिड १९ आइकनमा क्लिक गरी सजिलै आफ्नो आवश्यकता अनुरुप व्यक्तिगत बीमा वा पारिवारिक बीमा वास्तविक समयमा खरिद गरि रकम भुक्तानी गर्न सक्नेछन् । यस अन्तर्गत बीमा शुल्क भुक्तानी गरेको १५ दिनसम्म प्रतिक्षा अवधी रहने छ । १५ दिनको प्रतिक्षा अवधी सकिएपछी कोही व्यक्तिमा कोरोना भाईरस पोजिटिभ पुष्टि भएमा, पुष्टि हुने बित्तिकै बीमा रकमका लागि दाबी गर्न सकिनेछ ।
यस बीमाको समय अवधि कोरोना भाईरस विरुद्ध बीमा भुक्तानी भएको गर्नु १२ महिनासम्म कोरोना भाईरस पाजेटिभ पुष्टि भएमा यो बीमा योजनाको सुबिधा लिन सक्नेछन् । ग्राहकहरुले एक लाख रुपैयाँसम्मको कोनारा भाईरस विरुद्ध बीमा गराउन सक्नेछन् ।