अब सरकारले विदेशबाट दैनिक ६ हजार नेपाली स्वदेश ल्याउने

<p>काठमाडौं । सरकारले विदेशबाट दैनिक ६ हजार नेपाली स्वदेश ल्याउने तयारी गरेकाे छ । सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्दार गरी स्वदेश ल्याउने तयारी गरेको बताइएकाे हाे । काेराेना भाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा यसबारे छलफल भएको स्राेतले बतायाे। उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन भारतबाट तीन हजार र हवाई मार्गबाट [&hellip;]</p>

काठमाडौं । सरकारले विदेशबाट दैनिक ६ हजार नेपाली स्वदेश ल्याउने तयारी गरेकाे छ । सरकारले भारत तथा तेस्रो मुलुकमा समस्यामा परेका नेपालीहरुको उद्दार गरी स्वदेश ल्याउने तयारी गरेको बताइएकाे हाे ।

काेराेना भाइरस सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकमा यसबारे छलफल भएको स्राेतले बतायाे। उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन भारतबाट तीन हजार र हवाई मार्गबाट तीन हजार ल्याउने प्रस्ताव पेश गरेको छ ।

यसरी उद्दार गरेर ल्याइनेहरुलाई केहीदिन काठमाडौं र पोखराका होटलमा क्वारेन्टाइन गरिनेछ । र, यसको खर्च क्वारेन्टाइनमा बस्ने व्यक्ति आफैंले व्यहोर्नुपर्ने बताइएकाे छ ।

Share News