काठमाडाैं । काेराेना भाइरस राेकथाम तथा जाेखिम नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिले जारी लकडाउनलाई १५ दिन थप्न सिफारिस गरेको छ ।
गत चैत ११ गतेदेखि लागू हुँदै आएको लकडाउनलाई समितिले जेठ२० गतेसम्म बढाउन सिफारिस गरिएकाे बताइएकाे हाे । सरकारले घाेषणा गरेकाे लकडाउनकाे समयावधि भाेलि सोमबार अर्थात जेठ ५ गते सकिँदैछ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले गरेको सिफारिसको आधारमा सरकारले लकडाउनको मिति तोक्दै आएको छ ।
राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले लकडाउनको अवधि अझै थप्ने निर्णय गरेको हो । समितिको आज बसेको बैठकले लकडाउन लम्ब्याउनुको विकल्प नभएको निष्कर्ष निकालेको बताइएको छ । यसबारेमा अन्तिम निर्णय भने आजै बस्ने मन्त्रिपरिषद बैठकले गर्नेछ ।
नेपालमा काेराेना भाइरसकाे जाेखिम बढ्दै गएपछि लकडाउन पनि बढ्दै गएकाे छ । हालसम्म २ सय ९२ जनामा काेराेना भाइरस देखिएकाे छ भने २ जनाकाे मृत्यु भइसकेकाे छ । ३६ जना निकाे भएर घर फर्किसकेका छन् ।