गोंगबु र माछापाेखरीमा ४ सय जनाकाे काेराेना परीक्षण हुँदै

<p>काठमाडौं । गोंगबु र माछापाेखरीमा ४ सय जनाकाे काेराेना परीक्षण हुने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले उक्त स्थानकाे ४ सय जनाकाे आज  परीक्षण हुने बताएका हुन् । आज १ सय ५० जनाकाे पिसिआर र २ सय ५० जनाकाे आरडिटी विधिबाट परीक्षण हुने देवकाेटाले बताए । काठमाडौंमा पनि संक्रमण बढेपछि सरकारले परीक्षण बढाएको छ [&hellip;]</p>

काठमाडौं । गोंगबु र माछापाेखरीमा ४ सय जनाकाे काेराेना परीक्षण हुने भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकाेटाले उक्त स्थानकाे ४ सय जनाकाे आज  परीक्षण हुने बताएका हुन् ।

आज १ सय ५० जनाकाे पिसिआर र २ सय ५० जनाकाे आरडिटी विधिबाट परीक्षण हुने देवकाेटाले बताए । काठमाडौंमा पनि संक्रमण बढेपछि सरकारले परीक्षण बढाएको छ । हाल काठमाडोंमा ८ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।

केही समय अघि कोरोना मुक्त भएका सनसिटी अपार्टमेन्टका पुरुषमा बैशाख २३ गते फेरी संक्रमण देखिएपछि उपत्यकामा संक्रमित संख्या थपिँदै गएको हो । उपत्यकामा बैशाख ३० गते तीन जना, ३१ गते दुई जना, जेठ १ र २ गते एकएक जनामा संक्रमण देखिएको हो ।

यस्तै आईतबारसम्म कोरोनाको कारण नेपालमा दुईजनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २ सय ९१ रहेको छ । यस्तै उपचारपछि निको भएर जानेको संख्या ३६ रहेको छ ।

Share News