सर्लाही। मोटरसाइकलमा प्रेस लेखेर हातहतियारसहित हिँड्ने २ जना युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार शनिबार सर्लाहीमा मोटरसाइकलमा प्रेस लेखेर हातहतियारसहित हिँड्ने २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु जिल्लाकाे बिष्णु गाउँपालिकाका २५ वर्षीय मदन साह र भारत सितामढी ग्राम मरहाडिह १ का १९ वर्षीय अनिष साह हुन्। उनीहरूबाट प्रहरीले थ्री फिप्टी सानो पेस्तोल एक थान, म्यागजिन एक थान, पाँच राउण्ड गोली बरामद गरेको हो। साथै उनीहरूको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।
उनिहरूमाथि थप अनुसन्धान गरिरहेको छ।