कोरोनाबाट सुत्केरीको मृत्युको खबरले मलाई अत्यन्त दु:खी तुल्यायो: प्रधानमन्त्री

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट २९ वर्षिय सुत्केरी महिलाको मृत्यु भएको खबरले आफूलाई अत्यन्तै दु:खी तुल्याएको बताएका छन् । ट्वीटमार्फत प्रधामन्त्रीले भनेका छन्, ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी २९ वर्षिय सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दु खी तुल्याएको छ  ।’ प्रधानमन्त्री ओलीले मृतकप्रति भावपूर्ण [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट २९ वर्षिय सुत्केरी महिलाको मृत्यु भएको खबरले आफूलाई अत्यन्तै दु:खी तुल्याएको बताएका छन् ।

ट्वीटमार्फत प्रधामन्त्रीले भनेका छन्, ‘कोरोनाको संक्रमणबाट कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने सरकारको प्रयासका बावजुद सिन्धुपाल्चोक निवासी २९ वर्षिय सुत्केरी महिलाको मृत्युको खबरले मलाई अत्यन्त दु खी तुल्याएको छ  ।’

प्रधानमन्त्री ओलीले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

Share News