काठमाडौं । शुक्रबार बेलुका थपिएका ९ जना संक्रमितमध्ये एकजना उदयपुरका पत्रकार रहेको खुलेको छ।
उनी २५ वर्षिय पुरुष रहेकाे खुलेकाे छ । गत बुधबार उदयपुरका २७ जना पत्रकारको कोरोना परीक्षण गर्नलाई स्वाब लिइएको मध्ये उनकाे नतिजा पाेजेटिभ आएको हाे ।
स्वास्थ्य मन्त्रालयकाे अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।