काठमाडाैं । पहिलो पटक दाङमा पनि तीन जनामा कोरोना देखिएकाे छ । दाङकाे गढवा गाउँपालिका निवासी २३ वर्षीय र ३६ वर्षीय पुरुष र तुलसिपुरका ३४ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हाे ।
भेरी अस्पताल नेपालगंजमा गरिएकाे परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएकाे मन्त्रालयले जानकारी दिएको छ ।