काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाल रहेको बताएकी छिन् । शुक्रबार आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले साे कुरा बताएकी हुन् ।
त्यस्तै, उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गरिने घोषणा गरेकी छिन् । साथै, उनले सीमा विवाद समाधानका लागि कुटनीतिक पहल थाल्ने जानकारी दिएकी छिन् ।