काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले सरकारले दुईवर्षमा उत्साहमुलक प्रगति गरेकाे बताएकी छन् । संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भण्डारीले राजनीतिक स्थायित्वमा जोड दिएकी हुन् ।
उनले सरकार परिपूर्ण लोकतन्त्रतर्फ अघि बढेको पनि बताइन् । “राजनीतिक स्थायित्व मुलुकको दीर्घकालीन र अवरोधरहित विकासका लागि अत्यत्न महत्त्वपूर्ण हुन्छ । राजनीतिक स्थायित्वमा मात्रै जनमतको सम्मान हुन्छ । यसले राजनीतिक दलहरूलाई जनादेशअनुसारको भूमिका खेल्न उत्प्रेरित गर्छ,” उनले सम्बोधनका क्रममा भनिन् ।
राष्ट्रपतिले सम्बोधनका क्रममा सरकारले दुईवर्षको छोटो अवधिमै उत्साहवर्धक उपलब्धि हालिस गर्न सफल भएको भनिन् ।
आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी ।
Gepostet von Bikashnews.com am Freitag, 15. Mai 2020