काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ठ व्यक्तिहरुको फोटोको स्वरुप परिवर्तन गरि भिडियो बनाउने तोरण राज पौडेललाई प्रहरीले पक्राउ गरेको छ । तोरणराज पौडेलको फेसबुकमा नाम मधु पौडेल रहेको बताइएको छ ।
सिन्धुली जिल्ला तिनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारी बस्ने २२ वर्षका पौडेललाई प्रकाउ गरी जिल्ला अदालत काठमाडौंमा पेस गरेको र अदालतको उनीमाथि अनुसन्धान गर्नको लागि ५ दिन समय दिएको प्रहरी बरिष्ठ उपरीक्षक एव प्रवक्ता नविन्द्र अर्यालले बताए ।
उनी माथि विद्युतीय कारोबार ऐन ३०६३ विरुद्ध मुद्दा चलाइन प्रहरी प्रधान कार्यलयको साइवर व्यूरोले जनाएको छ ।
सामाजिक सञ्जालमा भाइरल बनेकाे एक भिडियाेमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुहार मिल्ने गरी दुई जनाबीच रेस्लिङ फाइट भएकाे छ । उक्त भिडियोमा ओलीले मोदीलाई पछारेको र माेदी उठ्न नसकेकाे देखाइएकाे छ । त्यस्तै, भारतमा नै बनेकाे अर्काे भिडियाेमा माेदीकाे बुख्याचा बनाएर ठूलाे भिडमा एक महिलाले जुत्ताले माेदीकाे अनुहारमा प्रहार गरेकाे देखाइएकाे छ ।
भारतले नेपालको भूमि लिपुलेक हुँदै चीन जोड्ने सडक बनाएपछि भारतविरुद्धको आवाज चर्केदै गएको बेलामा ओलीले मोदीलाई पछारेर उठ्न नसक्ने गरी थिचेको सन्देश दिने फोटो मल्टिलेशन बनाएका थिए ।