वडाभित्र भएका गतिविधी पारदर्शी बनाउन युवाको माग

<p>काठमाडाैं । मेलम्ची नगरपालिका वडा नम्बर २ ज्योतिष गाउँका युवाहरुले वडामा भएका सम्पुर्ण गतिविधि सबैको पहुँचसम्म पुग्नुपर्छ भन्दै वडा कार्यालयमा हिजो ज्ञापनपत्र बुझाएका छन् । सुशासनको मुल मर्मलाई ख्याल गर्दै विकसित समाज निर्माणको अवधारणामा ईट्टा थप्ने उद्देश्यले स्थानियले मेलम्ची नगरपालिका वडा नम्बर २ बाट करिब २५० जनाको हस्ताक्षर सहित उपभोक्ता समिती र बजेटको विवरण वडाको आधिकारिक [&hellip;]</p>

काठमाडाैं । मेलम्ची नगरपालिका वडा नम्बर २ ज्योतिष गाउँका युवाहरुले वडामा भएका सम्पुर्ण गतिविधि सबैको पहुँचसम्म पुग्नुपर्छ भन्दै वडा कार्यालयमा हिजो ज्ञापनपत्र बुझाएका छन् ।

सुशासनको मुल मर्मलाई ख्याल गर्दै विकसित समाज निर्माणको अवधारणामा ईट्टा थप्ने उद्देश्यले स्थानियले मेलम्ची नगरपालिका वडा नम्बर २ बाट करिब २५० जनाको हस्ताक्षर सहित उपभोक्ता समिती र बजेटको विवरण वडाको आधिकारिक फेसबुक र वेवसाईट मा अनिवार्य राख्न पर्ने माग अनुरुपको पत्र वडा सचिव प्रेम लाल मल्ल र वडा सदस्य गोमा दुलाललाई हस्तान्तरण गरि वडा कार्यलयमा दर्ता गराएका छन्।

अनिश खतिवडा ,दिपक दुलाल र सुवास चौलागाईं सहितको नेतृत्वमा युवाहरुको टोलीले यो भन्दा पहिला पनि वडामा हुने कार्यक्रम, विकास निर्माण, योजना उपभोक्ता समिति र बजेट सहितको विवरण वेवसाइट र फेसबुक पेजमा अनिवार्य रुपमा राख्नु पर्ने माग राख्दै आएको थियो ।

वडा कार्यलयले कुनै चासो नदिएका कारण आज ज्ञापन पत्र बुझाउन बाध्य भएको स्थानिय शंकर खतिवडाले बताए। वडामा हुने हरेक गतिविधिहरु प्राविधिक माध्यमबाट बाहिर आयर सञ्चार हुनु पर्ने माग अभियन्ता मध्येका एक अनिश खतिवडाले बताए ।

वडाले जारी गरेकाे सुचना सबैले थाहा नपाउने र भित्तमा टाँसिएकाे केही समयमा नै च्यातेर फालिने भएकाले अब इन्टरनेटको माध्यमबाट सुचना प्रवाह गर्नु पर्ने स्थानिय मधुकर चौलागाईले बताए । अहिले सबैको हात हातमा स्मार्ट फोन भएकाेले वडामा हुने हरेक सुचना गाउँमा बस्ने मान्छेले मात्र थाहा पाएर हैन विश्वका हरेक कुनामा बस्ने मान्छेले थाहा पाउनु पर्ने भएकाेले वडाले डिजिटलमैत्री हुनु पर्ने उनकाे भनाइ छ ।

 

Share News