सात वर्षीय बालकमा पनि काेराेना, अन्य को हुन ?

<p>काठमाडाैं । नेपालमा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । मन्त्रालयकाे अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु एक काठमाडौं दकचोकका ७ वर्षीय बालक, जनकपुर धनुषाको १७ वर्षिय युवति र धादिकी ३० वर्षीय महिला रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य [&hellip;]</p>

काठमाडाैं । नेपालमा थप ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ ।

मन्त्रालयकाे अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु एक काठमाडौं दकचोकका ७ वर्षीय बालक, जनकपुर धनुषाको १७ वर्षिय युवति र धादिकी ३० वर्षीय महिला रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।

 

Share News