काठमाडौं । कैलालीकाे धनगढी उप–महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले उप–महानगरपालिकामा आज दिउँसो छापा हानेर राहत सामग्री खरिद प्रक्रियाका सबै कागजात नियन्त्रणमा लिएको हो।
धनगढी उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा राहत सामाग्री खरिदका लागि धनगढीकै ठाकुर ट्रेडलाई ठेक्का दिएको थियो। ठेक्कामा मिलोमतो भएको आशंका गरिएको छ।
सप्लायर्सले आपूर्ति गरेको चामल कुहिएको भेटिएपछि विभिन्न वडाका स्थानीयले राहतको चामल फिर्ता गरेका थिए। बोलपत्र दर्ताको समय नसकिदै र मुल्याङकन समेत नगरी उप–महानगरपालिकाले ठाकुर ट्रेड लिंकको बोलपत्र स्वीकृतका लागि टिप्पणी उठाएको छ ।